वीरगञ्ज । जेनजी पुस्ताले सोमबार देशभर सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दै छन् ।
यसैबिच युवाहरूले मधेस प्रदेशको वीरगन्जमा पनि प्रदर्शन गरेका छन् ।
उनीहरूले भ्रष्टहरूलाई जबाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने प्रदर्शन गरेको बताएका छन् ।