
लालबन्दी : नवलपुर प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ।
हिजो बिहीबार दिउँसो १ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेही पुलमा नवलपुरबाट हरिवन जाँदै गरेका भारतीय नम्बर प्लेटको मोटसाइकलमा सवार व्यक्तिहरूबाट लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
बीआर ३० एडी २११४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले प्रतिबन्धित लागुऔषध CODEDYL-T (100ml) १०६ बोतल, VIVO V9 मोबाइल थान-१ र मोटसाइकल नियन्त्रणमा लिएको जनाएको छ।
चेकजाँचका क्रममा मोटरसाइकलमा सवार उनीहरूले उक्त परिमाणको लागुऔषध भने छाडेर फरार भएकाले निजहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
गाँजासहित लालबन्दीका एक युवक प्रकाउ
त्यस्तै हिजो बिहीबार दिउँसो साढे १२ बजे गस्तीका क्रममा लालबन्दी प्रहरीले २ केजी ८ सय ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
लालबन्दी नगरपालिका वडा नम्बर ७ मरिनचोकबाट लालबन्दी ४ का २५ वर्षीय मन बहादुर रुम्बालाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो।
झोलामा गाँजा बोकेर हिँडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त परिमाणमा गाँजा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ गरेका रुम्बालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।