लालबन्दी : मधेस प्रदेशका विभिन्न जेलबाट ठुलो संख्यामा कैदी भागेका छन् । मधेस प्रहरीका अनुसार प्रदेशका चार जिल्लाबाट एक हजार ८० कैदीसँगै बाल सुधारगृहका बालकहरू भागेका छन् ।
सप्तरी, महोत्तरी, रौतहट र पर्साबाट कैदीबन्दी भागेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सप्तरी जेलमा रहेका कुल ३९७ जना कैदीबन्दीमध्ये २०५ जना भागेका छन् भने रौतहट जेलमा रहेका २९२ जना कैदीमध्ये २३२ जना भागेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी महोत्तरी कारागारमा रहेका ५७६ जनामध्ये ५७५ जना फरार भएका प्रदेश प्रहरीको विवरण छ ।
मधेसका सप्तरी, रौतहट र महोत्तरीका जेलबाट कैदीहरू भागेका छन् भने वीरगञ्जको बाल सुधारगृहबाट ६८ जना बालकहरू भागेका प्रहरी तथ्यांक छ ।
जेनजी आन्दोलपछि कैदीहरू जेल फोडेर भागेक हुन् । प्रहरी प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका अनुसार भाग्ने अधिकांश कैदीहरू लागुऔषध मुद्दा, बलात्कार, हत्याजस्ता जघन्य अपराधमा संलग्न रहेका छन् ।
लामो अवधि बस्ने अधिकांश कैदीहरू भागेका छन् । प्रहरीले उनीहरूलाई खोज्ने काम भइरहेको जनाएको छ ।