हरिपुर्वा : सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
बाँके-सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत हरिपुर्वा नगरपालिका-५, मा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको हो ।
आज साँझ ७ बजेतिर बीआर ३० एई ८२२० नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु सोही ठाउँका ६८ वर्षीय गजेन्द्र साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालक पर्सा गाउँपालिका–५, का २४ वर्षीय श्रवणकुमार साहलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।