लालबन्दी : महोत्तरीमा आज भएको यात्रुवाहक बस दुर्घटनाका गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको छ ।
सो दुर्घटनामा गम्भीर घाइते भएका दुई पुरुष र चार महिलालाई थप उपचारका लागि गैरसैनिक प्यारामेडिक्ससहित काठमाडौँ लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारामा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु र ४० जना घाइते भएका थिए ।