पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक

लालबन्दी । नेपाल आयल निगमले शुक्रबार इन्धनको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।

जसमा डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको हो ।

निगम सञ्चालक समितिको निर्णयअनुसार डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ । नयाँ मूल्य आज (शनिबार) देखि लागू हुनेछ।

त्यस्तै, हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको हो।

बढेर आए पनि पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

सम्बन्धित समाचार

सबै