गोडैता । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए ।
उनका अनुसार सुरेन्द्रलाल कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ ।