गाई तस्करी गर्दै गरेको अवस्थामा लालबन्दीबाट २ जना पक्राउ

लालबन्दी : अवैध रूपमा गाई तस्करी गरेको आरोपमा लालबन्दी प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

आज सोमबार लालबन्दी नगरपालिका वडा नम्बर ११ बाट अवैध रूपमा भारतमा लैजान ठिक्क पारिएको अवस्थामा ७ वटा गाईसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गाडी चालक हेमन्त ढुङ्गेल, इशराफुल मिया रहेका छन्। उनीहरू गाडी चालक र गाडी साहु भएको प्रहरीले जनाएको छ।

मधेश प्रदेश ०३-००१ च ७४५४ नम्बरको गाडीमा गाई लोड गरिसकेको अवस्थामा गस्तीमा रहेको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका दुवै जनासहितलाई भन्सार कार्यालयमा बुझाएर प्रहरी थप अनुसन्धान गरिरहेको बताएको छ।

सम्बन्धित समाचार

सबै