रौतहटमा ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु

रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु भएको छ ।

बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नम्बरको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने वर्ष ७९ का भक्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । कार बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै थियो ।

दुर्घटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ बस्ने डोरमणि सापकोटा घाइते भएका उनीहरूको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ बस्ने ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

सबै