आजको मौसमः मधेश प्रदेशमा पानी पर्ने सम्भावना कति छ ?

काठमाडौँ : हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भइरहको छ।

बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारण बदली हुने महाशाखाको अनुमान छ। साथै मधेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ।

त्यस्तै आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने र अन्तको मौसम मुख्यतया सफा रहने जनाइएको छ।

सम्बन्धित समाचार

सबै