लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका–५ बाट ब्राउनसुगरजस्तो देखिने २ सय १२ ग्राम पदार्थसहित एक जना पक्राउ परेका छ्न्।
लालबन्दी नगरपालिका–५ बस्ने ईश्वरपुर नगरपालिका–३ घर भएका ३४ वर्षीय सुवास लामिछानेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका लामिछानेमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।