
जनकपुरधामः नागरिकता किर्तेमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुरबाट ‘एयर लिफ्ट’ गरेर काठमाडौं लैजाने तयारी गरिएको छ।
स्वास्थ्यमा थप समस्या देखिएको भन्दै उनलाई काठमाडौं लैजान लागिएको हो।
नियमित उडानबाट काठमाडौँ लैजान समस्या हुने देखिएको भन्दै ‘एयर लिफ्ट’ गर्न लागिएको कान्तिपुर मिडियाका कानुन विज्ञ किशोर पौडेलले बताए।
छाती अत्यधिक दुखेकाले जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं लैजाने तयारी गरिएको पौडेलले बताए। सिरोहियालाई हिजो मात्र थप तीन हिरासत राख्न अदालतले अनुमति दिएको थियो।