धनुषामा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीका युवकको मृत्यु

हरिपुर्वा : धनुषामा मोटरसाइकल दुर्घटनामा हुँदा एक युवकको मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा पेट्रोल पम्प नजिकको सडकमा शनिबार राति ज. ७ प. ४२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाहीको हरिपुर्वा नगरपालिका–१ निवासी २२ वर्षीय धिरेन्द्र कुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ।

सम्बन्धित समाचार

सबै