शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि लालबन्दीका विद्यालयमा बिदा

लालबन्दी । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सर्लाहीको लालबन्दी नगरपालिकाले विद्यालयमा बिदा दिएको छ ।

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलद्वारा आज जारी गरेको सूचनाअनुसार लालबन्दी नगरपालिकाभरिका सम्पूर्ण विद्यालय बिदा दिइएको छ । सूचनामा यही पुस १७ गतेदेखि हिउँदे बिदा कट्टाहुने गरी अर्को सूचना प्रकाशन नभएसम्मका लागि विद्यालय बन्द रहने जनाइएको छ ।

सर्लाहीका निजी तथा सरकारी अस्पतालहरुमा दैनिक बिरामी आउने क्रम बढेको जनाइएको छ । खासगरी रुघाखोकी, ज्वरो तथा दमका बिरामी यहाँ उपचारका लागि आउने गरेका अस्पताल प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार

सबै