सर्लाहीबाट काठमाडौं जाँदै गरेको बोलेरो मकवानपुरमा दुर्घटना, एकको मृत्यु

बरहथवा । कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

सर्लाहीबाट काठमाडौंतर्फ गइरहेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको बोलेरो गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको बरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

दुर्घटनामा सर्लाहीको बरहथवा नगरपालिका–१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवान घाइते भएका छन् । उनीहरुको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै