मधेशमा ४५० वटा डीप बोरिङ खनिने, ३ अर्ब ४५ करोड बजेट विनियोजन

थप १५ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिने

काठमाडौँ :  तराईका विभिन्न क्षेत्रमा सिँचाइ सेवाका लागि ३ अर्ब ४५ करोड रुपैयाँ विनियोजन भएको छ।

मंगलबार संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले तराई मधेसका भूमिगत सिँचाइका लागि स्यालो तथा डिप ट्युबवेलबाट सिँचाइ सुविधा विस्तार गर्न ४५० डिप बोरिङ विस्तार गरी थप १५ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न ३ अर्ब ४५ करोड विनियोजन गरेको बताए।

नदी किनारका क्षेत्रमा सिँचाइका लागि २ अर्ब २२ करोड विनियोजन गरेको उनले बताए।

मध्य तराईका ५ जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्‍याउन सुनकोशी मरिन डाइभर्सनका संरचना बनाउन ३ अर्ब १२ करोड विनियोजन गरेको पनि उनले बताए ।

सम्बन्धित समाचार

सबै