आज तराई भूभागमा अत्यधिक गर्मी र तातो हावा चल्ने, छैन पानी पर्ने सम्भावना

काठमाडौँ : नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार कोशीलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भूभागमा मौसम सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहँदा मधेश प्रदेशमा भने आज चर्को घाम लाग्ने र तापक्रममा उच्च वृद्धि हुने महाशाखाको अनुमान छ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषणअनुसार तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

मधेशप्रदेश लगायत देशका तराईं भूभागमा ३ दिन (जेठ १६ गते देखि जेठ १८ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित समाचार

सबै