ठूलो मात्रामा नक्कली नोटसहित बाराबाट ४ जना पक्राउ

वीरगन्ज : बारा प्रहरीले १३ लाख १६ हजार नेपाली नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ९ मा गरी छापामारी गरी रकम र आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ पर्नेहरूमा बारा कोल्हवी नगरपालिका-६ का राजन चौधरी र आकाश चौधरी तथा रौतहट राजपुर नगरपालिका १ निवासी मोहन कुमार साह रहेका छन्।

पक्राउ परेका तीनै नेपालीको साथबाट प्रहरीले ७ लाख ७ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए।

यसैगरी तीनै जना नेपालीसँगै साइकलमा नक्कली नेपाली नोट लिएर आएका भारत विहार मोतिहारी थाना कबैया पञ्चायतका महम्मद आलमलाई पनि प्रहरीले पक्राउ गरेको छ।

चारै जनाको साथबाट नगदसँगै प्रहरीले २ वटा मोटरसाइकल र एउटा साइकलसमेत बरामद गरेको जनाएको छ। चारै जनालाई जिल्ला प्रहरीको कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै