चन्द्रनगर । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा सार्वजनिक गरेको छ । जसमा सबैभन्दा कम अंक चन्द्रनगर गाउँपालिकाको आएको छ ।
आयोगले गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा सर्लाहीमा सबैभन्दा राम्रो बरहथवा नगरपालिका र सबैभन्दा कमजोर स्थानीय तह चन्द्रनगर गाउँपालिका देखिएको हो।
चन्द्रनगर गाउँपालिकाले ३५.१६ अंक प्राप्त गरेको छ। आयोगले स्थानीय तहहरूले गर्ने बजेट तर्जुमा, खर्चको अवस्था, राजस्व परिचालन, सुशासन र सेवा प्रवाह जस्ता विभिन्न १७ वटा सूचकका आधारमा मूल्याङ्कन गर्ने गर्दछ।
१७ वटा सूचकमा चन्द्रनगर गाउँपालिकाले जम्मा ८ वटा सूचकमा मात्र अंक प्राप्त गरेको छ, भने बाँकि ९ वटा सूचकमा शून्य अंक प्राप्त गरेको छ। यो पालिकालाई अध्यक्ष राज कुमार महतोले भ्रस्टचारको अखडा बनाएको आरोपहरु लाग्ने गरेका छन्।
यसका साथै, अध्यक्ष महतोले पालिकामा आफ्ना नातेदार र आफ्नो जातका अधिकाँशलाई करारमा नियुक्ति समेत गरेका छन्। बेतिथीले भरिपूर्ण यो पालिकाको बेरुजु रकम समेत जिल्लामा उच्च तहमा रहने गरेको छ।
लेखापरीक्षण, विद्यालयमा विद्यार्थी टिकाउ दर र स्वास्थ्य सेवा जस्ता आधारभूत सूचकहरूमा चन्द्रनगरको अंक न्यून रहेको छ भने अधिकांशमा सून्य अंक प्राप्त गरेको छ।
यसरी कार्यसम्पादनमा कमजोर देखिने स्थानीय तहहरूले आगामी दिनमा सङ्घीय सरकारबाट प्राप्त गर्ने वित्तीय समानीकरण अनुदानमा समेत कटौतीको सामना गर्नुपर्ने हुनसक्छ ।