२०८२ साल फागुन ०२ गते शनिबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ । एकादश भावमा सूर्य बुध र शुक्रको गोचरले गर्दा आयमा स्थिरता आउनेछ भने रोकिएको धन प्राप्त हुने सम्भावना देखिएको छ । मंगलको दशम स्थानमा गोचरले गर्दा सरकारी नोकरीमा पद प्रतिष्ठामा वृद्धि हुनेछ भने अधिकारी वर्गहरु हजुरको कार्यशैलीबाट प्रभावित रहनेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वृष राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ । सूर्य, शुक्र र बुधको दशम भावमा गोचरले गर्दा नोकरी वा पेशामा बोनस वा कमिसनको अतिरिक्त आय बढ्नेछ । महिनाको उत्तरार्धमा आर्थिक स्थिति सबल रहनेछ । मंगलको नवम स्थानमा गोचरले गर्दा कार्य क्षेत्रमा अतिरिक्त जिम्मेवारी निभाउनु पर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिथुन राशि हुनेहरूको लागि यो समय सामान्य रहेको छ । नवम् स्थानमा सूर्य, बुध र शुक्रको गोचरले गर्दा विदेश यात्रा वा उच्च शिक्षामा नयाँ अवसरहरू मिल्नेछन् । घर परिवारमा मांगलिक चर्चा हुनेछ । मंगलको अष्टम स्थानमा गोचरले गर्दा विवादास्पद मामलाहरूबाट बच्नुहोस् । ११ गतेदेखी मंगलको नवम् स्थानमा गोचरले गर्दा कार्य क्षेत्रमा श्रम व संघर्ष बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशि हुनेहरूको लागि महिना सामान्य रहेको छ । अष्टम स्थानमा सूर्य, बुध र शुक्रको गोचरले गर्दा आकस्मिक खर्चमा वृद्धि हुनेछ । पुरानो लेनदेन वा रोकिएको धन सम्बन्धी बिषयमा समस्या देखापर्ला । महिनाको दोस्रो भागमा आर्थिक स्थितिमा सुधारको संकेत रहेको छ । पारिवारिक र वैवाहिक सम्बन्धहरूमा संवेदनशील रहनुहोस् । गोपनीय कुरा बाहिरिनाले समस्या निम्तिएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । सप्तम स्थानमा सूर्य, शुक्र र बुधको गोचरले गर्दा साझेदारी व्यापारमा लाभ रहनेछ । अरुको सहयोगले बिग्रेको काम बन्नेछ । शत्रुहरू पराजित रहनेछन् । परिश्रम वा लगनशीलताले लक्ष्य पूरा गर्न सकिनेछ । मंगलको सप्तम भावमा गोचरले गर्दा दाम्पत्य जीवनमा मनमुटाव बढ्नेछ। आर्थिक कारोबारमा लाभको स्थिति निर्माण गर्न सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । षष्ठ स्थानमा सूर्य, बुध र शुक्रको गोचरले गर्दा हात लाग्नुपर्ने रकम हात लागि हुनेछ । खर्चमा वृद्धि हुनेछ । आय र खर्च दुवै गतिशील रहनेछन् । प्रशासनिक र राज्य पक्षबाट सहयोग मिल्न सक्छ । दाम्पत्य जीवन सुमधुर रहनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि हुनेहरूको लागि समय उत्तम रहेको छ । पञ्चम भाबमा सूर्य बुध र शुक्रको गोचरले गर्दा अध्ययन अध्यापनमा विशेष प्रगति हात लाग्नेछ । उच्च शिक्षालाई लिएर विदेश तिरको मार्ग प्रशस्त हुनेछ । मंगलको चतुर्थ भावमा गोचरले गर्दा पारिवारिक सद्भावमा कमी आउनेछ । खर्च वा ऋणमा वृद्धि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिहरूलाई यो महिना सामान्य रहेको छ । चतुर्थ भावमा सूर्य, शुक्र र बुधको गोचरले गर्दा नोकरी वा पेशामा पहिला गरिएको प्रयासको राम्रो प्रतिफल हात लाग्नेछ । कुनै कुरालाई लिएर मनमा मानसिक तनाव रहनेछ भने नयाँ कार्यको थालनीमा शुभचिन्तकहरूको सल्लाह अवश्य लिनुहोस् । मातासँगको मनमुटाव सुल्झाउने समय रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशि हुनेहरूका लागि यो समय सामान्य रहेको छ । तृतीय भावमा शुक्र, सूर्य र बुधको गोचरले गर्दा साहित्य क्षेत्रबाट आयमा वृद्धिको संकेत देखिएको छ । नवम भावमा दृष्टिले गर्दा भाग्यको सहयोग पाइनेछ । अनावश्यक खर्चबाट बच्नुहोला । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । मंगलको द्वितीय स्थानमा गोचरले गर्दा बाणी प्रभावशाली नरहला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मकर राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । सूर्य, शुक्र र बुधको द्वितीय स्थानमा गोचरले गर्दा बाणी प्रभावशाली रहनेछ । भाषण वा अभिव्यक्ति कलामा निखार आउनेछ । अष्टम भावमा दृष्टिले गर्दा अनावश्यक खर्चमा वृद्धि हुनेछ । नयाँ प्रयासको माध्यमबाट आयमा नयाँ अवसर प्राप्त हुनेछ । पारिवारिक र वैवाहिक दृष्टिकोणले समय सामान्य रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो महिना तपाईं आफ्ना सपना र योजनालाई क्रमश: आकार दिन उत्साहित हुनुहुनेछ । काम र अध्ययन क्षेत्रमा नयाँ सोच र सिर्जनात्मकता झल्किने समय रहनेछ । साथी तथा सहकर्मीहरू तपाईंको साथमा उभिएर प्रेरणा दिनेछन् । आर्थिक अवस्थाले विस्तारै स्थिरता र राहतको अनुभूति गराउने संकेत छ । परिवारसँगको सम्बन्ध अझ आत्मीय र भरोसापूर्ण बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो महिना तपाईंको मन भावनात्मक गहिराइ र सिर्जनात्मक ऊर्जाले भरिनेछ । कला, अध्ययन वा रुचिका कामहरूले तपाईंलाई आत्मसन्तुष्टि दिनेछन् । कार्य क्षेत्रमा लगनशील प्रयासले राम्रो उपलब्धि दिलाउन सक्छ । आर्थिक पक्षले विस्तारै सहजता र सन्तुलनको अनुभूति गराउनेछ । परिवारको साथ, माया र हौसलाले मन प्रसन्न बनाउनेछ ।