सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु

बरहथवा । सर्लाहीमा ट्याक्टरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

बरहथवा नगरपालिका–१ नागमन्दिर नजिकै ज १ त ४५२० नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा स्थानीय ३० वर्षीय भोला सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका सहनीको नगर अस्पताल बरहथवामा उपचारका क्रममा ज्यान गएको हो।

ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै