फेरिए सर्लाहीका सिडिओ, अधिकारीलाई जिम्मेवारी

काठमाडौँ : गृह मन्त्रालयले देशभरका १६ जना जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा तथा पदस्थापन गरेको छ।

जसअनुसार सर्लाहीमा नयाँ सिडिओका रूपमा गोपाल कुमार अधिकारी आउने भएका छन्। उनी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट सरुवा भएर आउन लागेका हुन्। हाल रहेका सिडिओ कोमल प्रसाद धमालालाई भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ।

गत असोजमा हिन्दु तथा मुस्लिम समुदायबीच झडप भएपछि निम्तिएको विवादले उग्र रूप लिएपछि धमाला सर्लाहीको नयाँ सिडिओका रूपमा आएका थिए। ८ महिनाको कार्यभार सम्हालेपछि धमलाको सरुवा भएको हो।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधबार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन्।

सम्बन्धित समाचार

सबै