सर्लाही : आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै छ।
यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।
आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।
व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्।
तराई-मधेसका सबै जिल्ला, देशका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ।