ह्वात्तै बढ्यो डिजेलको मूल्य

लालबन्दी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ ।

नयाँ मूल्य सूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ ।

मूल्य समायोजनसँगै पहिलो, दोस्रो र तेस्रो वर्गअन्तर्गतका क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य क्रमशः २३४ रुपैयाँ ५० पैसा, २३६ रुपैयाँ र २३७ रुपैयाँ कायम भएको निगमले जनाएको छ। त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेका कारण भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गर्नुपरेको हो।

मूल्य समायोजनपछि पनि डिजेलमा अझै प्रतिलिटर करिब ११ रुपैयाँभन्दा बढी घाटा भइरहेको निगमले जनाएको छ।

सम्बन्धित समाचार

सबै