महोत्तरीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ४५ वर्षीय पुरुष पक्राउ

महोत्तरी । महोत्तरीको बर्दिबासमा एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। बर्दिबास नगरपालिका–१३ बिजलपुरा टोल बस्ने ४५ वर्षीय ‘बेचु’ भन्ने शिव शंकर आले मगरलाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, आले मगरले स्थानीय १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले उनलाई पक्राउ गरेको हो। पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई घर नजिकैबाट फेला पारी तत्कालै नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका आले मगरमाथि थप कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय बर्दिबासले यस बारेमा विस्तृत अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

अहिले बालिकाको स्वास्थ्य परीक्षण र बयान लिने लगायतका कार्यहरू भइरहेको र आरोपितलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै