सप्तरीमा जग्गा किन्न आएकामाथि गोली हानेर भागेका दुई जना चार महिनापछि पक्राउ

काठमाडौँ । सप्तरीमा जग्गा खरिद गर्न आएका दुई जनालाई गोली प्रहार गरेर रकम लुट्ने समूहलाई प्रहरीले चार महिनापछि पक्राउ गरेको छ ।

२०८२ माघ ४ मा सिरहाको लहान नगरपालिका वडा नम्बर–१० घर भएका ४७ वर्षीय मोहम्मद सदाम र ६० वर्षीय ताहिर मियाँलाई सप्तरीको खड्क गाउँपालिका–५ स्थित खरचुहियामा ५ जना मिलेर बन्धक बनाएर गोली प्रहार गरेर रकम लुटेका थिए ।

सप्तरीका एसपी गौतम केसीले लुटपाटमा संलग्न ५ जनालाई वैशाख २३ र २४ गते पक्राउ गरिएको जानकारी दिएका हुन् । पक्राउ पर्नेमा सप्तरी खड्क नगरपालिका–६ खरचुहिया बस्ने ४२ वर्षीया मिना खातुन, रुपनी गाउँपालिका–५ बस्ने ४३ वर्षीय हजरत मियाँ, राजगढ गाउँपालिका घर भएका ४५ वर्षीय मंजिद मियाँ, खड्क नगरपलिका–६ बिरपुरका ४८ वर्षीय मुमताज मियाँ र सुरुङ्गा नगरपालिका–३ बस्ने ३५ वर्षीय उपेन्द्र मोची छन् ।

घटनापछि उनीहरू फरार थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

आरोपीहरूमाथि इलाका प्रहरी कार्यालय कडरबोनाले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि अपहरण शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै