चन्द्रनगर गाउँपालिकाले दाइजोमुक्त विवाह गराइदिने अभिभावकलाई सम्मान गर्ने

चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान चलाउने भएको छ ।

गाउँपालिकाले दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने भएको हो । यसका लागि गाउँपालिकाले आवेदनसमेत आह्वान गरेको छ । 

गाउँ कार्यपालिकाको कार्यालयद्वारा आज जारी सूचनामा समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजोमुक्त तथा बालविवाहमुक्त समाज निर्माण गर्ने उद्देश्यले यो बृहत् सभा कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।

दाइजो नलिई आफ्ना छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ १० गते कार्यक्रम गर्दै छ ।

सम्बन्धित समाचार

सबै