महोत्तरीका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

महोत्तरी । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनलाई ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार प्रमुख प्रशासकीय अधिकृत यादवले उपभोक्ता समितिका अध्यक्षसँग विभिन्न बहानामा घुस मागिरहेको भन्ने सूचनाका आधारमा टोली परिचालन गरिएको थियो। सोही क्रममा उनलाई महोत्तरीको औरही सडक क्षेत्रबाट घुस रकम बुझ्दै गर्दा पक्राउ गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरूका अनुसार यादवको साथबाट थप रकमसमेत बरामद हुन सक्ने आशंका गरिएको छ। पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको र अनुसन्धानको प्रक्रिया पूरा भएपछि कानुनी कारबाही अघि बढाइने आयोगले जनाएको छ।

स्थानीय तहका जिम्मेवार अधिकारी नै घुससहित पक्राउ परेपछि यस विषयलाई लिएर अहिले जिल्लामा चर्चाको विषय बनेको छ।

सम्बन्धित समाचार

सबै