रौतहटमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–४, नदीपारि टोलमा करेन्ट लागेर एक १२ वर्षीया बालिकाको ज्यान गएको छ।

मंगलबार बिहान घर नजिकैको धारामा नुहाउने क्रममा मोटर जडान गरिएको धारामा विद्युत प्रवाह हुँदा स्थानीय बिजेन्द्र पटेलकी छोरी वर्षाकुमारी पटेलको मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएकी वर्षाकुमारीलाई तत्कालै सुकदेव चोकस्थित नेपाल तराईसिटी अस्पताल पुर्‍याइएको थियो। तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनापश्चात बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जानकारी दिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले बताएको छ।

सम्बन्धित समाचार

सबै