रौतहटको बरफ फ्याक्ट्रीमा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट । रौतहट जिल्लाको बौधिमाई नगरपालिका–५, कोपवास्थित बरफ फ्याक्ट्रीमा तार जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कोपवा निवासी धर्मलाल जयसवालका ३५ वर्षीय छोरा मनोहरलाल जयसवाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार, जयसवालको आफ्नै बरफ फ्याक्ट्रीमा दिउँसो तार जोड्ने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका जयसवाललाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो।

तर, अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले बताए।

मृतक जयसवालको शव हाल पोष्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै