लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिका –६ निवासी सपना तामाङ सुनुवारले आफ्नो दुवै मृगौला फेल भई जीवन र मृत्युको दोसाँधको अवस्थामा रहेकाले बचाउन अपिल गरेकी छिन् ।
तीन साना छोरीकी आमा सपनाको जीवन बचाउन अहिले आर्थिक सहयोग संकलन थालिएको छ । अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण नियमित उपचार र डायलाइसिसको खर्च जुटाउन धौधौ भइरहेको उनको परिवारले जनाएको छ ।
सपनाको उपचार सहयोग गर्न अभियान चलाइएको छ । उनलाई नयाँ जीवन दिने अभियानमा सहभागी हुन परिवारले अपिल गरेका छन् । ‘आज तपाईंको सानो सहयोग पनि अमूल्य बन्न सक्छ।
अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ आजको तपाईंको सानो सहयोगले भोलि एउटा आमाको जीवन, तीन छोरीहरूको भविष्य र एउटा परिवारको मुस्कान बचाउन सक्छ।’
सपनाको उपचारका लागि ठूलो रकम आवश्यक पर्ने हुँदा परिवारले सबैलाई आफ्नो गच्छेअनुसार सहयोग गर्न अनुरोध गरेको छ ।
सहयोगका लागि :
