मधेशसहित प्रहरीका चार जना डीआईजीको सरुवा

काठमाडौं । नेपाल प्रहरीमा चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृहमन्त्री सुधन गुरुङले शुक्रबार यो निर्णय गरेका हुन् ।

सरुवा सूचीअनुसार, डीआईजी सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ । यसैगरी, ओम अधिकारीलाई मधेस प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

हाल मधेस प्रदेशमा कार्यरत डीआईजी गोविन्द थपलियालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा कार्यरत डीआईजी ओम रानालाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा ल्याइएको छ ।

सम्बन्धित समाचार

सबै