बागमती नदीमा डुबेर २ बालकको मृत्यु

रौतहट । रौतहटको गढीमाई नगरपालिका-१ स्थित बागमती नदीमा नुहाउने क्रममा आइतबार दुई बालकको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार, मृत्यु हुनेमा स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश र सुरेश यादवका ८ वर्षीय छोरा आदित्य रहेका छन्।

प्रहरी प्रमुख सिताराम रिजालका अनुसार समनपुर–हरैया घाटमा दिउँसो करिब ३ बजेको समयमा बालकहरू नुहाइरहेका बेला अचानक नदीमा डुबेर बेपत्ता भएका थिए। स्थानीय र प्रहरीको सहयोगमा उनीहरूको खोजी गर्दा मृत अवस्थामा फेला परेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै