सामाजिक सद्‌भावमा खलल पुर्‍याएको आरोपमा सर्लाहीका नौसहित ३६ जना पक्राउ

प्रहरीले सामाजिक सद्भाव खलबल्याएको आरोपमा मधेस प्रदेशका विभिन्न ५ जिल्लाबाट ३६ जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा गरी ३६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषामा १९ जना छन् भने सर्लाहीमा ९, सिरहामा ५, महोत्तरीमा २ र पर्साका एक जना रहेका छन् ।

सम्बन्धित समाचार

सबै