नेपाल भारत सीमा नजिकबाट सवा ५ किलो गाँजासहित सर्लाहीका दुई युवक पक्राउ

बिहार । नेपाल-भारत सीमा क्षेत्रसँग जोडिएको बाडा गाउँमा भारतीय प्रहरीले विशेष कारबाही गरी करिब सवा पाँच किलोग्राम गाँजासहित दुई जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

बिहारको परिहार प्रहरी थानाअन्तर्गत कोइरिया पिपरा पञ्चायत क्षेत्रमा यो कारबाही गरिएको बिहार प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सर्लाहीको हरिवन नगरपालिकाका राकेश साह र बिपेश पासवान रहेका समाचारमा उल्लेख छ । प्रहरीले उनीहरूलाई अन्तरदेशीय लागूऔषध तस्करको रूपमा पहिचान गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट सवा ५ किलो गाँजा बरामद गरिएको छ ।

यस सम्बन्धमा परिहार थानामा लागुऔषध नियन्त्रण सम्बन्धी कानुनअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानका लागि दुवै आरोपितलाई न्यायिक हिरासतमा पठाइएको बिहार प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै