हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै रकम लिने व्यक्ति पक्राउ

मलंगवा । प्रहरी हिरासतमा रहेका मानिसलाई छुटाइदिने प्रलोभन देखाई रकम असुल गरेको आरोपमा सर्लाहीको सीमावर्ती क्षेत्रबाट एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका–४ निवासी ४० वर्षीय अवधेश चौधरी (बेचन) रहेका छन्। उनलाई विष्णु गाउँपालिका क्षेत्रबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार चौधरीले विष्णु गाउँपालिका–४ कै अर्का स्थानीय राजेन्द्र रायसँग मिलेर प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम लिएको पाइएको छ।

यस घटनामा संलग्न अर्का अभियुक्त राजेन्द्र राय भने हाल फरार रहेका छन्। डिएसपी गौतमले फरार रहेका रायको खोजी कार्य जारी रहेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।

सम्बन्धित समाचार

सबै