सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा मङ्गलबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आफ्नै घरमा बिजुलीको वाइरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय ३८ वर्षीय इद मन्सुरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार घरको वाइरिङ गर्ने क्रममा करेन्ट लागेर मन्सुर गम्भीर घाइते भएका थिए ।

घाइते मन्सुरलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै