अमरेश सिंहको चेतावनी – छठपछि मधेसमा रास्वपाका सांसदहरूले पिटाइ खान्छन्

काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले छठ पर्व सकिएपछि रास्वपाका सांसदहरूलाई मधेसमा जनताले पिट्न सक्ने चेतावनी दिएका छन् ।

बुधबार पार्टी सभापति रवि लामिछानेले बोलाएको पार्टी, सांसद र मन्त्रीहरूको छलफलमा उनले सीमामा कडाइले मधेसीहरूको दैनिक जीवन गाह्रो हुँदै गएकोले अब झन् झन् समस्या आउन सक्ने बताए।

सीमा पारबाट सामान ल्याउन एक सय रुपैयाँ सम्मलाई भन्सार महसुल छुट दिइएको छ । तर त्योभन्दा बढीको सामान खरिद गर्नेहरूसँग भन्सार शुल्क लिन थालेको थियो। सरकारले यो व्यवस्थालाई कडाइ साथ लागु गरेपछि मधेसमा विरोध भएको थियो ।

सर्वोच्च अदालतमा यस सम्बन्धी रिट दायर भएपछि नागरिकलाई सम्मानजनक व्यवहार गर्न अन्तरिम आदेश जारी गरेको थियो । यो शुल्कले अप्ठ्यारो परेको भनेर व्यापक विरोध भएपछि सरकारले अहिले यसमा केही खुकुलो बनाएको छ ।

‍‘मलाई एक हप्ता दिनुहोस् म सरकारका १ सय गल्ती निकालिदिन्छु,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मधेसमा त छठ पर्व सकिएपछि रास्वपाका सांसदले पिटाइ खाने दिन आउँदैछन्।’

सम्बन्धित समाचार

सबै