सर्लाहीमा दाहसंस्कारपछि नुहाउने क्रममा खोलाले बगाउँदा वृद्ध बेपत्ता

गोडैता । सर्लाहीको गोडैता नगरपालिका–१, बहादुरपुरमा अन्त्येष्टि सकेर नुहाउने क्रममा एक वृद्धलाई लखनदेही सोती (खोला) ले बगाएको छ।

बुधबार बिहान करिब ११ः४५ बजेको समयमा सोही स्थानका अन्दाजी ७० वर्षीय छित्नु साहलाई खोलाले बगाएको हो। स्थानीयका अनुसार आफन्तको दाहसंस्कार सकेर लखनदेही सोतीमा नुहाउन पसेका साहलाई एक्कासि आएको पानीको बहावले बगाएको थियो।

घटनाबारे जानकारी प्राप्त हुनासाथ बिहान १२ः१० बजे प्रहरी चौकी बहादुरपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। हाल प्रहरी चौकी बहादुरपुर र बीओपी सिमरा भगवतीपुरको संयुक्त टोली तथा स्थानीयवासीको सहयोगमा बेपत्ता साहको खोजी कार्य जारी छ।

खोलामा पानीको बहाव बढेका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार

सबै