कांग्रेस सर्लाहीका कार्यवाहक सभापतिको राजीनामा गगन थापाले गरे अस्वीकृत

काठमाडौँ । नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका कार्यवाहक सभापति डा सरोज कुमारले दिएको राजीनामा पार्टीले अस्वीकृत गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरबाट पठाइएको पत्रअनुसार उनले कार्यवाहक सभापति पद तथा पार्टी सदस्यताबाट दिएको राजीनामा अस्वीकृत गरिएको हो।

डा. सरोज कुमारले पार्टी सदस्यता र कार्यवाहक सभापति पद दुवैबाट अलग हुने गरी राजीनामा बुझाएका थिए। केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति, सर्लाहीको कार्यवाहक सभापति पद र पार्टी सदस्यता समेतबाट तपाईंले दिनुभएको राजीनामा नेपाली कांग्रेसका सभापति श्री गगनकुमार थापाले अस्वीकृत गर्नु भएको व्यहोरा जानकारी गराइन्छ।’

यस निर्णयसँगै डा सरोज कुमार सर्लाही कांग्रेसको कार्यवाहक सभापति पदमै यथावत् रहने भएका छन्।

सम्बन्धित समाचार

सबै