सर्लाही । पूर्व मधेश प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अशोककुमार यादव ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
सर्लाही जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको एकल इजलासले यादवलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशबमोजिम धरौटी रकम बुझाएपछि उनी आज साँझ रिहा भएका हुन् ।
यादवलाई प्रहरीले गत भदौ २३ गते ललितपुरबाट पक्राउ गरेको थियो । उनलाई ‘आपराधिक उपध्र’ तथा ‘कुटपिट गरी अङ्गभङ्ग’ गरेको अभियोगमा पक्राउ गरी थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सर्लाही ल्याइएको थियो ।
अदालतको आदेशसँगै अब उनले सो मुद्दाको बाँकी कानुनी प्रक्रिया बाहिर रहेर नै सामना गर्नेछन् ।