सिरहामा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाम चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
आज (मंगलबार) बिहान करिब ६:०० बजेको समयमा भएको उक्त दुर्घटनामा परी गोलबजार नगरपालिका–३ निवासी ७८ वर्षीय कमलबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कसहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प १६३६ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि स्थानीय लाइफ लङ्ग अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारका लागि विराटनगर रेफर गरिएकोमा श्रेष्ठको बाटोमै मृत्यु भएको थियो । हाल मृतकको शव प्रादेशिक अस्पताल लहान ल्याउने तयारी भइरहेको छ ।

घटनामा संलग्न मोटरसाइकल र चालक गोलबजारकै विमल कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

सबै