रौतहट : रौतहटमा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको राजपुर नगरपालिका–५ का मसुद आलम रहेका छन्।
मसुदकी पत्नी ३७ वर्षकी नजाबुन नेसाको जेठ ३२ गते हत्या भएको थियो । अनुसन्धानका क्रममा मृतक महिलालाई उनकै श्रीमान आलमले घाटी थिची मारेको खुलेको थियो ।
पक्राउ परेका मसुदले श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
हत्या आरोपमा अनुसन्धानका लागि मसुदलाई हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालयबाट अनुमति लिइने प्रहरीले बताएको छ ।