सप्तकोशी नदी बस्तीमा पस्ता ७० घर डुब्यो, स्थानीयले भागेर ज्यान जोगाए

राजविराज : अविरल वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका-२ का ७० घर डुबानमा परेका छन्।

यस वडाको मुस्लिम र राम बस्तीमा चार फिटसम्म पानी भरिएको छ। जहाँ ३८ परिवारका ७० घर डुबानमा परेका वडाध्यक्ष जाहिर हुसेनले जानकारी दिए। बस्तीका प्रायः घर आगनबाट त्रियुगा बग्न थालेपछि घर छाडेर स्थानीय मस्जिद र आफन्त कहाँ शरण लिई बसेका बताए।

त्रियुगा नदीको बाढीले पूर्वी तटबन्ध कटान गरी अचानक पानी प्रवेश गरेपछि बस्ती डुबानमा परेको हो।

बस्ती डुबानमा परेको खबर पाएलगत्तै सेना, सशस्त्र, नेपाल प्रहरीका तालिम प्राप्त जनशक्ति उद्धारमा खटिएका र कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए।

सम्बन्धित समाचार

सबै