बरहथवा : बरहथवा नगरपालिकामा पल्टिदा चालकको मृत्यु भएको छ।
बरहथवा-१२ मा खेत जोतिरहेको ना. ६ त. १२६५ नम्बरको ट्याक्टर पल्टिँदा सोही नगरपालिका–१२ का ३० वर्षीय चालक सुरेश रायको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।