निजगढमा हसिँया प्रहारबाट श्रीमतीको हत्या, दुई छोरी घाइते

बारा : बाराको निजगढ नगरपालिका वडा-९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी घाइते भएका छन् ।

सप्तरीको राजबिराज-८ घर भई निजगढ-९ बसोबास गर्ने ४५ वर्षीय बिमल बस्नेतले आफ्नै ३५ वर्षीय श्रीमती लक्ष्मी भन्ने सिता राईलाई घरमै रहेको हसिँयाँ प्रहार गरी हत्या गरेका हुन्।

बाथरुममा नुहाउन गएकी श्रीमतीलाई बस्नेतले पहिलो प्रहार गरेको र छोरीहरु छुट्टाउन जाँदा छोरीहरुलाई समेत लागेकाे थियो। उनको आक्रमणबाट १७ वर्षकी जेठी छोरीको हात आधाभन्दा बढी काटेको र कान्छी छोरी १५ वर्षीय जमुना राई समेत घाइते भएकी छन्।​

घाइते दुवैलाई स्थानीय सामुदायिक प्रसुती अस्पतालबाट रिफर गरी वीरगन्ज मेडिकल कलेज पठाइएको सामुदायिक अस्पताल निजगढका डाक्टर सरोज कुमार कुश्वाहाले बताए।

घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले भाग्दै गरेका श्रीमान विमल बस्नेतलाई प्रक्राउ गर्नुका साथै घटनास्थलबाट हत्यामा प्रयोग भएको हसिँयालगायतका सामाग्री बरामद गरेको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ।

हत्या किन भयो भन्ने बिषयका बारेमा छानविन भइरहेको उनको भनाइ छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ।

सम्बन्धित समाचार

सबै