सर्लाही : सर्लाही क्षेत्र नम्बर २ मा माओवादीको चिन्हबाट लडेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले सुरुवाती अग्रता लिएका छन्।
११ सय गणना हुँदा यादवले ४२४ मत पाएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले ४०५ मतसहित उनलाई पछ्याइरहेका छन्। एमालेका राजनारायण साहले १०८ मत मात्रै पाएका छन्।
दुवै दल सत्ता गठबन्धनमा भए पनि यो क्षेत्रमा भने मित्रवत प्रतिस्पर्धा गरेका छन्।