सर्लाही : सर्लाहीमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
जिल्लाको धनकौल गाउँपालिका- ५ मा भारतीय मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बरहथवाबाट मधुबनी तर्फ जाँदै गरेको बीआर ३० जेड ४८७४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडकबाट तल खस्दा भारतीय नागरिक ४० वर्षीय मुकेश रायको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सर्लाहीको बलरा नगरपालिका- ५ का ४५ वर्षीय संजय यादव गम्भीर घाइते भएका छन्। उनको वीरगञ्जमा उपचार भइरहेको छ।
त्यस्तै,पूर्व-पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर-१२ को बाँके जंगलमा प्रदेश नम्बर २-०३-००४ प. ७८८४ नम्बरको मोटरसाइकल र ज. ११ प ८१० नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुबै मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा ७८८४ नम्बरको मोटरसाइकलका चालक बाराको कलैया उपमहानपा-१६ निवासी ४५ वर्षीय कन्हाई चौधरी र ८१० नम्बर मोटरसाइकल चालक महोत्तरीको बर्दिवास नगरपालिका-६ निवासी २५ वर्षीय सुनिल आले मगरको मृत्यु भएको हो।
दुर्घटनामा बाराको कलैया उमनपा-३, ब्रम्हपुरी निवासी ३२ वर्षीय अजय कुमार पटेल गम्भीर घाइते भएका छन्।
दुर्घटनामा महोत्तरीको बर्दिवास-६ का २४ वर्षीया रुबिना तामाङ र युवराज राइ पनि घाइते भएका छन्।