सर्लाही : सर्लाही क्षेत्र नम्बर ३ (क) मा जवाहरलाल कुशवाहा विजयी भएका छन्। कुशवाहाले १६ हजार ५९६ मत प्राप्त गरी विजयी भएको हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश प्रसाईंले १५ हजार १६६ मत प्राप्त गरेका छन्। त्यस्तै, एकीकृत समाजवादीका डिल्ली उप्रेतीले ५ हजार ३५४ मत प्राप्त गरी चित बुझाए।