धनुषामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

जनकपुर । धनुषामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–९, औराहा टोलका ३२ वर्षीय श्रवण साहको करेन्ट लागेर मृत्यु भएको हो ।

आज बिहान पौने १० बजेको समयमा छिमेकीको घरमा विद्युत् अवरुद्ध भएपछि मर्मतका लागि साह पोलमा चढेका थिए । पोलमा चढेर मर्मत गर्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै